नाटक: नैतिक शिक्षा
स्थान:– सामुदायिक विद्यालयको कक्षा कोठा
समय:– अपराह्न तीन बजे
पात्रहरू
शिक्षिका:– नैतिक शिक्षा पढाउने शिक्षिका वर्ष ४०
अनामिका:– कक्षा सातका छात्रा वर्ष १३
विपीन:– कक्षा सातका छात्र वर्ष १३
अपर्णा:– कक्षा सातका छात्रा वर्ष १३
अशोक:– कक्षा सातका छात्र वर्ष १३
मञ्चमा विद्यार्थीहरू गोलबद्ध भएर बसेका छन् । नेपथ्यमा प्राकृतिक सौन्दर्यका दृष्यहरू झल्याक झुलुक र्देिखन्छन् । दर्शक दीर्घामा विद्यालयका विद्यार्थी, शिक्षक तथा अविभावकहरू टनाटन छन् ।
शिक्षिका:– (विद्यार्थीहरूतर्फ फर्कँदै) बाबु नानी हो ! आज अतिरिक्त क्रियाकलापको कक्षा होइन ?
विद्यार्थीहरू:– (सामुहिक स्वरमा) हो गुरु आमा !
शिक्षिका:– कुन विषय पढ्ने विचार छ भन त ?
विद्यार्थीहरू:– (सामुहिक स्वरमा) पढ्न भन्दा पनि कुनै नाटक खेल्ने हो कि जस्तो लागेको छ गुरु आमा !
शिक्षिका:– कुन नाटक गर्ने विचार गरेका छौ त ?
अनामिका:– अस्ति तपाईँले पढाउनुभएको नैतिक शिक्षा निकै मन परेको थियो । त्यसै विषयमा नाटक प्रस्तुत गर्न पाए हुन्थ्यो कि गुरु आमा !
शिक्षिका:– साथीहरूलाई पनि सोधेका छौ ? के छ उनीहरूको विचार ?
विद्यार्थीहरू:– (सामुहिक स्वरमा) ठीक भनेकी छिन् अनामिकाले, हामीलाई पनि त्यस्तै लागेको छ ।
शिक्षिका:– राम्रो कुरा ग¥यौ । नैतिक शिक्षा भनेको जीवनमा नभई नहुने कुरा हो । नैतिक अनुशासन विना जीवन चल्नै सक्दैन । प्रकृतिको यावत कुरा अनुशासनमा आबद्ध छन् । उनीहरूले एकैछिन मात्र अनुशासन छाडिदिए भने चौपट हुन्छ ।
अनामिका:– त्यो त बुझ्यौँ तर कुनै उदाहरणबाट बुझ्न पाए थप प्रष्ट हुने थियौँ ।
शिक्षिका:– यसमा कसैलाई कुनै चीज दिनुसित तुलना गर्न सकिन्छ । जस्तै तिमीहरूले कसैलाई कुनै चीज दियौ भने त्यसको ब्याजसमेत थपिएर फिर्ता हुने गर्छ । यसबाट सबैले सकेको उपकार गर्नुपर्छ भन्ने शिक्षा पाइन्छ ।
विपीन:– यसको कुनै उदाहरण पनि छ कि ?
शिक्षिका:– छ नि किन छैन ? एउटा होइन सयौँ उदाहरण पाउन सकिन्छ ।
अशोक:– जस्तै ?
शिक्षिका:– कसैलाई केही दिएर हे¥यौ भने आफैँ प्रष्ट हुन्छौ ।
अपर्णा:– कारण के हो नि गुरु आमा !
शिक्षिका:– यही कि जसको मन कुविचारले भरिएको हुन्छ उसको मन कमजोर हुन्छ, जसले गर्दा उसले कसैले दिएको नराम्रो चीज वा कुरा पचाउन सक्दैन र तत्कालै दिने मानिसलाई नै फिर्ता गरिदिन्छ ।
अनामिका:– यस्तो नियम त सुविचार हुनेमा पनि लागू हुन्छ होइन र ?
शिक्षिका:– होइन । असल असल विचार भएका मानिसले त्यस्ता चीज वा कुरालाई सजिलै पचाउन सक्ने भएकाले उसलाई खासै असर पर्दैन । सके त उसले हाँसेर टारिदिन सक्छ । नभए पनि सम्झाउन थाल्छ ।
विपीन:– अनि असल चीज वा कुरा दिइएको छ भने के हुन्छ नि गुरु आमा !
शिक्षिका:– जसलाई राम्रो भन्छौ, जसको राम्रो गरेका छौ भन्ने गर्छौ ऊ खराब नै रहेछ भने पनि उसले तिमी प्रति कुभाव राख्न सक्दैन ।
अशोक ः– अरूलाई नराम्रो सोच्दा चाहिँ के हुन्छ नि गुरु आमा !
शिक्षिका:– तिमीले जति अरूको नराम्रो सोच्ने गछौँ त्यति नै त्यो तिमीसितै फर्कने गर्छ । किनकि त्यस्तो चीज उसले लिँदैन । जब उसले लिँदैन भने तिमीले दिएको चीज तिमीलाई नै फिर्ता हुने नै भयो ।
अपर्णा:– मित्रता बढाउन के गर्नुपर्छ नि गुरु आमा !
शिक्षिका:– यदि तिमीले कसैको नराम्रो सोचेनौ, नराम्रो गरेनौ भने तिमी प्रति शत्रुता राख्ने मानिस नै हुँदैनन् । भए पनि निकै कम हुन्छन् । कतिपय अवस्थामा तिमी आफैँभित्रको दोष पनि अरूमाथि थोपरिरहेका हुन सक्छौ । यदि यसको सट्टा असल कुरा दिन थाल्यौ भने उसभित्रको शत्रुता भाव मेटिन सक्छ र तिमीलाई पनि उसले असल सोच्ने गर्छ ।
विपीन:– प्रेम बढाउने कुनै सूत्र पनि छ कि गुरु आमा !
शिक्षिका:– छ नि किन नहुने ? यदि तिमीले कसैलाई प्रेम ग¥यौ भने उसले अरूमाथि पनि त्यस्तै गर्छ र समाजको खराबी मेटिँदै जान्छ ।
अनामिका:– खराबी कसरी बढ्छ नि गुरु आमा !
शिक्षिका:– यदि तिमीले कुभावनाको बदला कुभावना नै दिन थाल्यौ भने उसभित्रको खरावी आगो जस्तै फैलिन थाल्छ र उसले पूरा समाजलाई नै जलाइदिन सक्छ ।
अपर्णा:– एउटाको खराबी हट्दैमा अरू कसरी सुरक्षित हुन्छन् त गुरु आमा !
शिक्षिका:– यदि तिमीले प्रेम दियौ भने उसभित्रको खराबीको आगोमा यति बढी प्रेमको पानी वर्षिन थाल्छ कि तत्कालै त्यसलाई निभाउन सफल हुन्छ ।
अनामिका:– यसबाट आफूलाई केकस्तो फाइदा हुन्छ नि गुरु आमा !
शिक्षिका:– तिमीभित्र छिपेको प्रेमको नदी यसरी छताछुल्ल हुन्छ कि तिमीलाई सबैको तर्फबाट निर्भय प्राप्त हुन्छ र तिमी सुखी हुन सक्छौ बुझ्यौ ?
विद्यार्थीहरू:– (संयुक्त स्वरमा) बुझ्यौँ गुरु आमा !
यत्तिकैमा समय सकिएको घन्टी लाग्छ । सबै आ–आफ्नो घरतिर लाग्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल