बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै, ६१ लाख हाराहारी
काठमाडौँ । बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा थोरै मात्र फरक रहेको छ । विभागका अनुसार मधेस र बागमती प्रदेशमा २१ प्रतिशत (६१ लाख हाराहारी) जनसङ्ख्याको बसोबास रहेको छ ।
त्यस्तै सबैभन्दा कम बसोबास कर्णालीमा ६ प्रतिशत रहेको छ । त्यस्तै २५३ वटा नगरपालिकाको बसोबास बढेको छ । सहरी क्षेत्रको बसोबास झन्डै दुई तिहाइ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । विभागका अनुसार सहरी क्षेत्रमा मात्रै १ करोड ९२ लाखको बसोबास भएको तथ्याङ्क विभागको रेकर्ड छ ।
विगत १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा जनसङ्ख्या वृद्धि दरको परिवर्तन भएको छ ।
यो प्रदेशमा करिब १४ प्रतिशतले जनसङ्ख्या वृद्धि दर छ । त्यस्तै गण्डकी प्रदेशको सबैभन्दा कम वृद्धिदर छ । यहाँ २ दशमलव ६१ प्रतिशतको वृद्धिदर छ । उमेर समूहका आधारमा नेपालको जनसङ्ख्या १५ देखि १९ वर्षको उमेर समूहको धेरै रहेको छ ।
केटाकेटीको सङ्ख्या घटेको छ । यो समूहको ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । ६० वर्षमाथिका पहिला ८ प्रतिशत रहेकोमा अहिले १० प्रतिशतभन्दा बढी छ । बुढाबुढीको सङ्ख्या बढेको छ । तन्नेरीको सङ्ख्या घटेको छैन । भविष्यमा केटाकेटीको सङ्ख्या घट्दै जाने हो भने । आर्थिक क्रियाकलापमा असर पर्ने विज्ञहरूको भनाइ छ । अघिल्लो वर्ष १० देखि १४ वर्षको उमेर समूह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असदको अवशेषसमेत मेटाउन सिरियामा व्यापक सुरक्षा कारबाही
-
पोखरा फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’
-
इन्टर मिलानको जित यात्रा कायमै
-
झन्झटिलो प्रक्रियाले बाँकेका वन्यजन्तु पीडितलाई राहत लिनै हम्मे
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीलाई एमालेको अध्यक्ष पद छोड्न सुझावदेखि लिपुलेकबारे बेइजिङमा भएको सहमतिप्रति विप्लवको आपत्तिसम्म
-
बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो