दोलखामा कक्षा १२ का विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरिँदै

दोलखा। दोलखामा कक्षा १२ का विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएको छ। जीपी कोईराला फाउण्डेशन दोलखाको आयोजना तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला र नेता भीम बहादुर तमाङको स्मृतिमा विद्यार्थीहरुलाई निशुल्क तयारी कोचिङ कलास संचालन हुन लागेको हो।
आगामी चैत्र १६ गतेदेखि सदरमुकाम चरिकोटमा विद्यार्थीलाई तयारी कक्षा सञ्चालन गर्न लागिएको छ । फाउण्डेशन दोलखाले पहिलो पटक जिल्लामा आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निःशुल्क कोचिङ कलसा सञ्चालन गर्ने फाउण्डेशन भीमेश्वरका अध्यक्ष राजन बस्नेतले बताए ।
निःशुल्क कोचिङ कार्यक्रमले जिल्लाका सयौं विद्यार्थीलाई राहत मिल्ने जीपी कोईराला फाउण्डेशनका अध्यक्ष बस्नेतको भनाइ छ। कोचिङ कलासमा जिल्लाभरिका करिब एक सय भन्दा बढी विद्यार्थी सहभागी रहने आयोजकले अपेक्षा गरेका छन् । कोचिङ कलासमा अनिवार्य अंग्रेजी, एकाउन्ट, कम्प्युटर, ऐच्छिक गणित विषयका कक्षा सञ्चालन गर्न लागिएको हो ।
उक्त विषयहरू निरज आचार्य, नारायण रेग्मी, सौगात थापा, राजेश बस्नेत,एकराज शिवाकोटीले पढाउने छन्।कोचिङ कलासमा सहभागी भइ अध्ययन गर्ने चाहने विद्यार्थीहरुले फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ। कोचिङ कक्षा सञ्चालन को विषयमा बुझ्न चाहाने ले ९८६४००१९९५,९८४४४२८९३२,९८४३२१४६७७ मा सम्पर्क गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर