अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ
शुक्रबार, १० चैत २०७९, ०८ : ३९

सुर्खेत । रुकुम पश्चिममा एक जना महिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम दाङको तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवा बस्ने ३५ वर्षीय प्रेम बहादुर केसी रहेका छन् ।
उनले रुकुम पश्चिम मुसिकोट नगरपालिका– ९ चौखाबाङ् घर भई मुसिकोट नगरपालिका–४ ठाराडुङ्गामा कोठामा भाडामा बस्दै आएका ३० वर्षीय कृष्णा ओली खड्काको शरीरमा पेट्रोल छर्केर आलो लगाउने प्रयास गरेका थिए ।
प्रहरीका अनुसार उनले १ लिटर पेट्रोल शरीरमा छर्केर पनि लाइटर बाली सल्काउन खोजिरहेका थिए । त्यही बेला स्थानीय छिमेकीलेदेखि समाउने प्रयास गर्दा केसी भागेका थिए । प्रहरीले उनलाई गहुँ बारीमा लुकी रहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन