त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । क्याम्पस प्रमुख प्राडा सुनिल अधिकारीले एक विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको सिफारिसमा हाललाई निर्वाचन स्थगन गरिएको बताए ।
तालाबन्दीका कारण चैत ५ गते तोकिएको मितिमा निर्वाचन हुन सकेको थिएन् । तालाबन्दी गर्ने विद्यार्थी संगठनहरुसँग छलफलका लागि बोलाउँदा पनि नआएको क्याम्पस प्रमुख अधिकारीले बताए । जसका कारण निर्वाचन प्रक्रिया स्थगन गर्नुपरेको उनको भनाई छ ।
त्रिविमा १२ चैतबाट स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ । परीक्षा सुरु हुने भएकाले तत्काल निर्वाचन गराउन सकिने अवस्था नरहेको उनको भनाई छ । चैत ५ गते निर्वाचन हुन नसकेपछि चैत ९ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो । परिमार्जित निर्वाचन कार्यतालिका प्रकाशित भई अन्तिम मतदाता नामावलीसमेत प्रकाशित भएको थियो । तर, अनेरास्ववियुले सोही विषयमा
विमति जनाई निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकेको र छलफलका लागि बोलाउँदा समेत विद्यार्थी संगठन सम्पर्कमा नआएको क्याम्पसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन