चैत १५ देखि न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । चैत १५ र १६ गते काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। देशभरका ७५३ वटै स्थानीय तहका न्यायिक समितिहरूलाई सम्मेलनका लागि निमन्त्रणा गरिएको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो पटक न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समिति संयोजक एवं काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।
‘कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइहरू आइरहेको हुन्छ। भएको कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा गर्नेछौँ,’ उनले भनिन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति हुनेछन्। यस्तै स्थानीय तहका पूर्व उपमेयहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्। महानगरपालिकाको आयोजनामा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुति, प्रस्तुतिमाथि छलफल, विषयगत छलफलसहित काठमाडौँ घोषणा जारी हुनेछ । यससँगै न्यायिक समितिको राष्ट्रिय, प्रदेश स्तरीय र जिल्ला स्तरीय सञ्जाल निर्माण गर्ने योजना रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प