महानगरले फोहोर मैला गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालीमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानो कान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो ।
काठमाडौँ महानगरपालिकाले सानो कान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना तिराएको महानगरले जनाएको छ।
महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदल यात्री हिँड्ने सडक पेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।
भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादित फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो ।
त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको महानगरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने