साढे चार वर्षमा गाउँपालिकाका पूर्वअध्यक्षले जोडे ९२ लाख अवैध सम्पत्ति

काठमाडौँ । रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बानियाँविरुच विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो। बानियाँको ९१ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर अयोगको छ।
२०७४ असार २१ देखि २०७८ फागुन ३० सम्मको अवधिमा उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झन्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।
बानियाँले छोराहरूलाई गरेको अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा विभिन्न जग्गा खरिद, बीमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र टयाक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवा व्याज रकम, राईस मिलको आय बापत तिरेको आयकर र उनीसँग परिवारको नाममा विभिन्न बैंकका जम्मा भएको रकमबारे आयोगले छानविन गरेको थियो।
उनी र परिवारको नाममा रहेको सम्पत्ति हेर्दा एक करोड ७५ लाख ९६ हजार नौ सय ९४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी रहेकोले र उनको आय भने ८४ लाख १० हजार चार सय ५१ रुपैयाँ ६ पैसा देखिएकाले आय भन्दा व्यय बढी देखिएपछि विशेषमा मुद्दा दर्ता गरेको आयोगको दावी छ। ‘रकमको स्रोत नखुलेको हुँदा निज केशवनन्द बनिया र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको निज र छोराको नाममा जग्गाहरु लगायतका चलअचल सम्पत्ति खरिद गरेको, घर निर्माण गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिँदा निजले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आयो,‘ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ सार्वजनिक पद धारण गरेका बनियाँले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निजलाई ९१ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँ ३० पैसा बराबरको बिगो बमोजिमको जरिवाना कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरि निज र निजको परिवारको नाममा हाल कायम रहेको सम्पत्तिसमेतबाट जफत / असुल उपर गरी पाउन मागदावी लिइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?