मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भने । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए ।
उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए ।
लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन् । प्रकाशज्योतिबाट नौ छात्रा र आठ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक÷एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि