सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा केडिया
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबारको शुभारम्भ हुनुअघि बसेको संयुक्त सञ्चालक समितिको बैठकले केडियालाई अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्ष केडिया यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष थिए । सानिमा र रिलायन्स एक आफपसमा मर्जर भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बन्ने भएसँगै मर्जरपछिको ठूलो संस्थाको अध्यक्ष बन्ने अवसर समेत केडियाले पाएका हुन् । अध्यक्ष केडियाले आजै नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् ।
यस्तै, इन्स्योरेन्सको सञ्चालकहरुमा घनश्याम थापा, भरतकुमार तोडी, सुवर्णदास श्रेष्ठ, केशवराज केसी, परीक्षित खेम्का र सरिता भट्ट अधिकारी नियुक्त भएका छन् । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आजबाट औपचारिक रुपमै एकीकृत कारोबारमा जाँदैछन् । १ः १ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई इन्स्योरेन्स मर्जर पछिको बन्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोडको हुने छ भने जगेडा कोष ७७ अर्ब ५९ करोड पुग्नेछ । यस्तै कम्पनीको कूल लगानी १३ अर्ब ५० करोड पुग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट