सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो । वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो ।
समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए । त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए ।
उनले भने ‘विशेष गरेर दुईवटा नयाँ पुस्तकालय भवन निर्माण हुँदैछ । त्यसका विषयमा छलफलहरु हामीले पहिलापनि गर्दै आएको हो । र निर्देशन पनि दिइराखेका थियौँ । र त्यहाँ केही विषयहरु मिलेको छैन भनेर भनिएको थियो । त्यो मिलाउनका निमित्त केही नयाँ ढंगले निर्णय पनि भएको रहेछ, व्यवस्थापन भएको रहेछ । आजपनि परिमार्जित गर्न सकिने विषयहरुलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिने निर्णय भएको छ । र अर्कोतिर हामीले पुरानो संसद भवन सिंहदरबारभित्रको २०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारणले केही क्षति भएको छ । यसलाई फेरी पुनर्निमाण होइनकि रेट्रोफिट गरेर फेरि एउटा भवनलाई बचाउनको निमित्त सबैसँग छलफल गरिराखेका छौँ । यो समितिले शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरुलाई बोलाएर उहाँहरुलाई यही निर्देशन दिएका छौँ ।’
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरुले पुस्तकालय लगायत संघीय संसदका भवनहरु समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी