बच्चाको नाम आफूले भने अनुसार राख्न कानुनी लडाइँमा उत्रिए दम्पती

फ्रान्सका एक जोडी आफ्नो सन्तानको नामका लागि कानुनी लडाइँमा नै उत्रिएका छन् । आफ्नो सन्तानको नाम ‘हेड्स’ राख्न पाउनुपर्छ भन्दै उनीहरू कानुनी उपचारमा लागेका हुन् । ग्रिक परम्परामा यो नामको अर्थ ‘अन्डरवर्ल्ड देवता’ हो ।
फ्रान्सको सेन्ट–मालो सहरका क्रिस्टिना डेस्ग्रेस र रोड्रिगो भ्यालेस्क्वेजले गत वर्ष सेप्टेम्बरमा सन्तान जमाएका थिए । तर उनीहरूसँग अहिले पनि बच्चा जन्मिएपछि दिइने ‘लिभरेट डे फेमिले’ नामको कागजात छैन । यो नहुनुको एउटा रोचक कथा छ । बच्चाको नाम हेड्स राख्न स्थानीय अधिकारीले अस्वीकार गरेपछि बच्चाको कागजात बन्न नसकेको हो । बेबी हेड्सको अर्थ सानो परी हो तर ग्रिकको पौराणिक कथासँग परिचित जो कोहीका लागि यो अन्डरवर्ल्ड देवताको नाम हो, मृतकको क्षेत्र हो ।
‘कसैले पनि यसलाई त्यो शब्दसँग जोडेनन् । मटर्निटी वार्डमा यो नामले कसैलाई पनि चकित तुल्याएन । ठिक विपरीत मानिसलाई यो मनपर्यो,’ क्रिस्टिनाकी आमाले भनिन् । ‘हामीहरूलाई यो नाम मनपर्यो, त्यसैले यो छान्यौँ । साधारण कुरा हो । हेड्स भ्यालेस्क्वेज डेस्ग्रेज राम्रो सुनिन्छ ।’
अडिटी सेन्ट्रलका अनुसार फ्रान्सलगायत अन्य सभ्य देशमा आमाबुवाले आफूलाई जे नाम मन पर्छ त्यो राखिहाल्न पाउँदैनन् । यदि अधिकारीलाई उक्त नाम बच्चाको हितको विपरीत लाग्छ भने उनीहरुले बच्चाका आमाबुवालाई प्रश्न सोध्न सक्छन् । कतिपय अवस्थामा नाम परिवर्तन गर्नसमेत भन्न सक्छन् । हेड्सको अर्थ पनि खासै सकारात्मक नभएकोले अधिकारीले उक्त नाम राख्न बच्चाको परिवारलाई अनुमति दिएनन् ।
‘यो निर्णय हामीले बुझ्ने सक्दैनौँ । हामीलाई विश्वास छैन कि हामीले हाम्रो बच्चाको पहिलो नाम यस्तो छानेका छौँ जुन उनीहरूका लागि प्रतिकुल छ,’ क्रिस्टिनाले थपिन् । ‘हामीले बच्चाको नाम लुसिफर र स्याटन त राखेका छैनौँ नि । हामी मूर्ख त छैनौँ नि । हामीलाई एउटा राम्रो ओरिजिनल नाम चाहिएको थियो । रोड्रिगोले ‘हेड्स’ भनेर भन्दा मलाई यो तत्काल मन परेको थियो ।’
दम्पतीले एक वकिल राखेका छन् । आफ्नो बच्चालाई त्यही नाम राख्न जस्तोसुकै लडाइँ लड्न पनि आफू तयार भएको उनीहरुले बताएका छन् । उनीहरुले यही नाम राखेका अन्य अभिभावकको पनि पहिचान गरेका छन् । तीमध्ये सन् २०२० मा मात्रै १२ जना आमाबुवाले बच्चाको नाम यही राखेका छन्, कुनै विरोध बिना ।
अदालतले यस मुद्दामा अप्रिल ४ मा आफ्नो बहस गर्ने छ । यदि यसले सरकारी वकिलको निर्णयलाई समर्थन गर्यो भने, फ्रान्सेली दम्पतीले अर्को नाम रोज्नुपर्नेछ । बाबुआमाले आफूविरुद्ध अदालतको फैसला आएमा पुनरावेदन गर्ने आफ्नो मनसाय पहिल्यै बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट खैरो हेरोइन सहित भारतीय दम्पती पक्राउ
-
१० बजे १० समाचार : मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेतादेखि माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामासम्म
-
काठमाडौँ महानगरका मेयर र उपमेयरसँगको छलफलपछि प्रधानाध्यापकहरू उत्साहित
-
अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान
-
३३७२ जोर जुत्ता भन्सार छलेर ल्याएको आरोपमा तीन जनाविरुद्ध १० करोडको मुद्दा
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो