एम्बुलेन्स सञ्चालन लागि यस्तो छ न्यूनतम मापदण्ड

काठमाडौं । नेपालमा ‘क’ र ‘ख’ वर्ग का एम्बुलेन्स सञ्चालनमा छन् । केन्द्र, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्था, केही पालिका तथा विभिन्न संघ संस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् ।
सञ्चालनमा आएका कतिपय एम्बुलेन्सले मापदण्ड पालना गरेको पाइँदैन । कतिपय स्थानीय तहमा बिरामी बोक्ने एम्बुलेन्सलाई अन्य प्रयोजनमा पनि प्रयोग गरेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा निर्माण गरिएको राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा एम्बुलेन्सको मापदण्ड र वर्गीकरण गरिएको छ ।
यस्तो छ एम्बुलेन्सको मापदण्ड
–राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ ।
–एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो रङको लामो संकेत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको हुनुपर्ने ।
–एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्छ ।
–एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको हुनपर्छ ।
–वर्गीकरण अनुसार सामान तथा सुविधा अद्यावधिक भएको हुनुपर्छ ।
–एम्बुलेन्स एक हजार सीसीभन्दा बढी क्षमताको भएको हुनुपर्छ ।
–एम्बुलेन्समा निलो रङको कम्तीमा तीस सेन्टीमिटर चिन्ह दायाँ, बायाँ र पछाडि तीन तर्फ राखिएको हनुपर्छ ।
–एम्बुलेन्सको चालकको पछाडि सिट राख्नु हुँदैन ।
–राजस्व छुट प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रस्ट देखिने गरी लेखिएको हुनुपर्छ ।
–‘क’ वर्गको एम्बुलेन्स निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो, त्यस बाहेक दायाँ, बायाँको भाग हरियो र पहेँलो रङको ब्याटन वर्गशैली ६०० मिमि इन्टु ३०० भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो ुऋजभखचयलु शैलीमा न्युनतम तीन धर्का भएको हुनुपर्छ ।
–‘ख’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो, त्यसबाहेक दायाँबायाँको भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली ६०० मिमि इन्टु ३०० मिमि भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो शैलीमा न्यूनतम तीन धर्का भएको हुनुपर्ने छ ।
–हरेक एम्बुलेन्समा जीपीएस अनिवार्य जडान गरिएको हुनुपर्नेछ ।
–एम्बुलेन्समा नवीकरण गरेको स्टिकर हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी