काठमाडौँ प्लाजा भाडामा लिन महानगरपालिका र ट्रष्टबीच सम्झौता

काठमाडौँ । काठमाडौँ प्लाजा भाडामा लिन काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ । बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
६० लाख ५० हजार रुपैयाँ मासिक भाडा तिर्ने गरी महानगरले सम्झौता गरेको हो। उक्त सम्झौता १० वर्षका लागि हुने छ भने ५ वर्षपछि १० प्रतिशतले भाडा वृद्धि हुनेछ ।
२०७२ को भूकम्पले बागदरबार भवन जीर्ण भएपछि महानगरले जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअटाएपछि विभागहरूलाई फरक–फरक ठाउँमा राखिएका छन् ।
सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ । झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले बहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर नगरिने सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?
-
जम्मु-कश्मिरमा मारिएका सुदीपको सम्झनामा दीप प्रज्वलन
-
हिमालयन रि–इन्स्योरेन्सलाई वैदेशिक रोजगार म्यादी जीवनबीमा पुल सञ्चालनको अधिकार
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई