मन्त्रिपरिषद्को निर्णय : कर्णाली प्रदेश योजनाका आयोगको उपाध्यक्षमा दैलेखका शाहीलाई नियुक्त

सुर्खेत । लामो समयदेखि रिक्त गरेको कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका योगेन्द्र शाही नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्ण जिसीले जानकारी दिए ।
शाही यसअघि योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । उनी यसअघि नेकपा एमालेको कोटाबाट सदस्य बनेका थिए । यद्यपि ०७९ को प्रतिनिधि सभात तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रदेश सभाको टिकेट नपाउने भएपछि माओवादी प्रवेश गरेका थिए । माओवादीबाट दैलेख –२ (ख) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । तर पराजित भए । शाही दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका निवासी हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका शाही बौद्धिक नेताका रुपमा परिचित छन् ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रुपमा रुकुम पश्चिमका भरतकुमार शर्मा र वरिष्ठ आर्थिक सल्लाहकार डा शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय बुधबारको क्याविनेटले गरेको प्रवक्ता जिसीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?