जनमतलाई मधेसको सबैभन्दा ठूलो पार्टी बनाउँछु : अध्यक्ष राउत

कलैया । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बाराको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्यक्ष राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष समेत गरे ।
उनले मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे । ‘मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गर्छु’ अध्यक्ष राउतले भने ।
उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । अध्यक्ष राउतले जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको बताए । मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गर्न संवेदनशील हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी