पेन्सन सुधार कानुन वर्षको अन्त्यसम्ममा लागू गरिने फ्रान्सका राष्ट्रपति म्याक्रोँको दाबी

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रव्यापी विरोधका बाबजुद सरकारको विवादास्पद पेन्सन सुधार यस वर्षको अन्त्यसम्ममा लागू होस् भन्ने चाहेको बताएका छन् ।
फ्रान्सको संवैधानिक अदालतले अझै आफ्नो अन्तिम निर्णय दिन बाँकी छ । तर राष्ट्रपति म्याक्रोँले सुधार ‘यस वर्षको अन्त्यसम्ममा लागू गर्न’ आवश्यक रहेको बताए ।
“हामी जति लामो समय पख्र्यौ त्यति नै यो बेठिक हुनेछ । सुधार आवश्यक छ, यसले मलाई खुसी पार्दैन । म त्यसो नगर्न रुचाउँछु,” उनले भने ।
फ्रान्समा विपक्षी दलसहित ठूलो समूह पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै देशव्यापीरूपमा आन्दोलित भएको छ ।
“अल्पकालमा गरिने जनमत सर्वेक्षण र देशको सामान्य हितमध्ये कुनै एकलाई रोज्दा म देशको समसामयिक हितलाई रोज्छु,” म्याक्रोँले एक टेलिभिजन अन्तर्वार्तामा भने ।
“यदि आज अलोकप्रियता स्वीकार्नु आवश्यक छ भने म यसलाई स्वीकार गर्नेछु,” उनले भने । उनले सुधारका लागि देशलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको बताए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद