रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार यही चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवन, चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।
यस्तै आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस भैरहवा र भैरहवा बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । त्रिविले केही दिनअघि मात्र निर्वाचन प्रक्रिया शुरु नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।
उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । अधिकारीले निर्वाचन प्रक्रिया सुरु नभएका क्याम्पसमा पनि समझदारीको प्रयास भइरहेको जानकारी दिए ।
यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ ।
त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आङ्गिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा यही चैत ५ गते निर्वाचन भएको थियो । त्रिविमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो