आयात–निर्यात दुवै घट्यो, १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।
गत आर्थिक वर्षको यहि अवधिमा नेपालमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो । यो चालू आर्थिक वर्षको यही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो । यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको तुलनामा २९.०७ प्रतिशतले बढी हो ।
नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटा पनि घटेको छ । ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १७ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ । जुन, गत आर्थिक वर्षको यही अवधिमा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले