एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान

पेरिस । किलियान एम्बाप्पे फ्रान्सको राष्ट्रिय टोलीका नयाँ कप्तान नियुक्त भएका छन् । गत जनवरीमा टोटनहमका गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएसँगै पेरिस सेन्ट जर्मेनका फरवार्डलाई नयाँ कप्तान घोषणा गरिएको हो ।
सन् २०१७ मा सिनियर टोलीका डेब्यु गरेका २४ वर्षीय एम्बाप्पेले हालसम्म टोलीका लागि ६६ खेल खेलिसकेका छन् । ‘यो जिम्मेवारी ग्रहण गर्नका लागि एम्बाप्पेले सबै आवश्यकता पूरा गर्छन्,’ फ्रान्सका म्यानेजर डिडिएर डेस्च्याम्प्सले भने, ‘उनी मैदानमा टोलीलाई एकताबद्ध पार्ने पात्र हुन् ।’
फ्रेन्च फुटबल फेडरेसनले एम्बाप्पेलाई कप्तान तथा एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजमानलाई उपकप्तान नियुक्त गरेको पुष्टि गरेको छ । गत विश्वकपमा फ्रान्सलाई लगातार दोस्रो फाइनलमा पु¥याउँदा एम्बाप्पे प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका थिए ।
टोली फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो । सन् २०१८ मा विश्वकपको उपाधि जित्दा पनि फाइनल खेलमा उनले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए ।
फ्रान्सले शुक्रबार नेदरल्याण्डविरुद्ध युरो २०२४ को पहिलो छनोट खेल खेल्दैछ । सोमबार टोलीले आयरल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड