बेइजिङमा रेकर्ड स्तरको प्रदूषण
राजधानी बेइजिङका साथै चीनका थुप्रै प्रान्तमा बाक्लो बालुवाको आँधीका कारण भिजिबिलिटीमा अत्यधिक प्रभाव पार्ने चिनियाँ मौसमविद्ले बुधवार जानकारी दिएका छन् ।
केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले बुधवारदेखि बिहीबार बिहानसम्म सान्क्षी, सान्सी, हेबेई, हेइलोङजियाङ, जिलिन, लिओनिङ, शानडोङ, हेनान, जियाङसु, आन्हुइ र हुबेई प्रान्तका लागि पहेँलो चेतावनी सङ्केतहरू जारी गरेको छ ।
‘धेरै क्षेत्रहरूमा कम भिजिबिलिटी हुनेछ,’ मौसम पूर्वानुमानकर्ताले चालकलाई आफ्नो गतिमा सावधान हुन भनेका छन् । बालुवा आँधी बिस्तारै दक्षिणतिर सर्नेछ र त्यसपछि कमजोर हुने पूर्वानुमानकर्ताले थपेका छन् ।
चीनसँग चार–स्तरीय, रङ्ग–कोड गरिएको मौसम–चेतावनी प्रणाली छ, रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेँलो र निलो आउँछन् ।
बेइजिङले विगत केही दिनहरूमा बालुवा र धुलोको आँधीको अनुभव गरिरहेको छ । त्यसैका कारण प्रदूषणमा व्यापक वृद्धि भइरहेको छ । यहाँ बालुकाको आँधीका लागि पहेँलो रङको चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा भएका तस्बिरहरूले मानिसहरूलाई धुलोको घुमाउरो बीचमा सहरमा साइकल चलाउँदै गरेको देखाइएको छ, जसमा एउटा बाइकको सिट बालुवाले ढाकिएको देखाइएको छ ।
बेइजिङको एयर क्वालिटी इन्डेक्स १०१० पुगेको छ । यो रेकर्ड स्तरको प्रदूषण हो ।
यो सहरले मार्च र अप्रिल महिनामा नियमित बालुवाको आँधीको सामना गर्छ किनभने यो विशाल गोबी मरुभूमिको नजिक । साथै उत्तरी चीनमा वन फडानी हुँदा पनि प्रदूषणको सामना गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
-
कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा
-
अक्षयको खुलासा - मलाई भुल भुलैयाबाट निकालिएको थियो
-
आफूलाई अस्पताल पुर्याउने अटो रिक्सा चालकलाई भेटे सैफले
-
वामदेवलाई तत्काल पार्टीमा नल्याउने ‘एमाले नीति’, विद्याबारे मौन
-
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री