राष्ट्रियसभा बैठक : संकल्प प्रस्तावमाथि छलफल सुरु

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहेका छन् ।
संकल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ । संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला
-
चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह
-
तीनकुने घटनाको अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक आयोग गठन
-
यू-१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो
-
महोत्तरीमा जताततै डढेलो
-
पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री