नगरकोटमा धमाधम खिचिँदै फिल्म ‘जाँड’
काठमाडौँ । राजु शाह (राजेन्द्र) को निर्देशनमा फिल्म ‘जाँड’ निर्माण हुने भएको छ । केही दिन अगाडि काठमाडाँैमा सम्पन्न निफ फिल्म फेष्टिभलमा शुभ–मुर्हूत गरिएको फिल्मको अहिले नगरकोटोका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा बालकलाकार सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका रहनेछ । तीनै कलाकारले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । सानबी, पदम र कमलाको अलवा फिल्ममा मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय रहनेछ ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी लगायतले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरो गहिरिएर फिल्ममा देखाइने निर्देशक शाहले बताए । ‘२२ दिनको छायांकन सेडुलसहित सुरु भएको फिल्मको नगरकोट आसपासको स्थानमै सकिनेछ’ शाहले थपे ।
शाहले केही अगाडि नमस्ते नेपाल भन्ने फिल्म निर्देशन गरेका थिए । शाह नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै