सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौँ । आज बेलुका ४ बजे सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।
‘आज बेलुका ४ बजे सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर छलफल गर्दै हुनुहुन्छ । आज एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘शीर्ष तहमा छलफल भइरहेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने छौं ।’
सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रहरी महानिरीक्षक अब कसलाई बनाउने भन्ने विषयमा समेत प्रचण्ड र देउवाबीच संवाद चल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी