चीनका राष्ट्रपति रुसमा, जापानका युक्रेनमा : यसको अर्थ के हो ?

रुस र युक्रेनमा चलिरहेको युद्ध एसियामा कसरी गुन्जिरहेको छ भनेर बुझ्न चाहनुहुन्छ भने जापान र चीनका नेताहरूको भ्रमणको समय हेर्न सक्नुहुन्छ । दुवै नेता कूटनीतिक विदेश भ्रमणमा छन् र युद्धको विपक्षी केन्द्रमा छन् ।
चीनका राष्ट्रपति सी जिनपिङ मस्कोमा हुँदा जापानका प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको राजधानी किभ पुगेका छन् । किशिदाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाटका क्रममा उनलाई समर्थनको विश्वास दिएका छन् । यस्तै, पुनर्निर्माण र मानवीय राहत कार्यमा मद्दतको पनि विश्वास दिलाएका छन् ।
यस्तै, रुसका राष्ट्रपति पुटिनले सी जिनपिङलाई आफ्नो नजिकका साथी र सहयोगी बताएका छन् । आफूलाई तटस्थ बताए पनि अहिले पनि चीन रुसतर्फ बढी झुकेको छ ।
मङ्गलवारसीजिनपिङले चीनले रुससँगको आफ्नो सम्बन्धलाई प्राथमिकता दिने बताएका छन् । उनले दुवै देशलाई ‘महान् छिमेकी शक्ति’ समेत भनेका छन् ।
मस्कोको घटनाक्रमलाई मध्यनजर गर्दै किशिदाको समानान्तर यात्राको समय आफैँमा महत्त्वपूर्ण छ । यस्तोमा यसलाई कसरी बुझ्न सकिन्छ त ?
जापानी प्रधानमन्त्री अघोषित विदेश भ्रमणमा जानु विरलै हो र दोस्रो विश्वयुद्धपछि जापानका धेरै नेता युद्धग्रस्त मुलुक पुगेको यो पहिलो पटक हो ।
किशिदा मङ्गलवार युक्रेन नपुगेसम्म उनको भ्रमण गोप्य राखिएको थियो । सुरक्षाका कारणले यस्तो गरिएको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री किशिदाले युक्रेनका जनताको धैर्यता र साहसप्रति सम्मान व्यक्त गर्दै आफ्नो देशको सुरक्षाका लागि खडा भएका यी जनताप्रति आफ्नो निस्वार्थ समर्थन व्यक्त गर्ने जापानको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘रुसको आक्रमणले वर्तमान परिस्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने कोसिसलाई जापानले आलोचना गर्छ भनेर पनि किशिदाले स्पष्ट पार्नेछन् ।’
प्रधानमन्त्री किशिदालाई आफ्नै सत्तारुढ लेबर डेमोक्र्याटिक पार्टीबाट युद्धग्रस्त युक्रेन भ्रमण गर्न दबाब बढिरहेको थियो ।
युक्रेन पुग्नुअघि उनी जी–सेभेन देशका एक मात्र नेता थिए जसले युक्रेनको भ्रमण गरेका थिएनन् । मे महिनामा हिरोसिमामा हुने जी–सेभेन शिखर सम्मेलनअघि युक्रेन जान पनि उनीमाथि दबाब थियो ।
उनले गत हप्ता टोकियोमा दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेर ठुलो कूटनीतिक सफलता हासिल गरिसकेका छन् । जापान र दक्षिण कोरियाका नेताबीच एक दशकभन्दा बढी अवधिमा पहिलो पटक द्विपक्षीय भेटवार्ता भएको हो ।
दक्षिण कोरियासँगको सम्बन्धलाई सामान्य गर्नु, गुप्तचर जानकारी साझा गर्नुले यो दर्साउनेछ कि जापान उत्तर कोरियाविरुद्ध अमेरिकासँग प्रतिबद्धताका साथ खडा छ ।
उनको युक्रेन भ्रमणलाई अमेरिकाले स्वागत गर्नेछ भन्नेमा कुनै शङ्का छैन ।
यससँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको रुस भ्रमणको उद्देश्य विश्व स्तरमा चीनको प्रभाव बढाउनु रहेको छ ।
ठ्याक्कै यही समयमा युक्रेनमा जापानी नेताको उपस्थितिले भू–राजनीतिक उथलपुथलको यो अवधिमा दुई देश कहाँ खडा छन् भन्ने बलियो सङ्केत दिन्छ ।
यो कुनै सानो कुरा होइन, जापानले धेरै नै सन्तुलन बनाउनु पर्नेछ विशेष गरी चीनसँग आफ्नो सम्बन्धमा ।
गत महिना मात्रै टोकियोमा दुवै देशले सुरक्षा वार्ता गरेका थिए । दुई देशबीच चार वर्षयता पहिलो पटक यस्तो वार्ता भएको हो । चीनले जापानको सेनालाई बलियो बनाउन आफू चिन्तित रहेको बताएको थियो भने जापानले रुसी सेनासँग चीनको सम्बन्ध र शङ्कास्पद जासुसी बेलुनको प्रयोगको बारेमा गुनासो गरेको थियो ।
चीन र जापान विश्वका दोस्रो र तेस्रो ठुला अर्थतन्त्र हुन् र यसै कारणले दुई देशबीचको वर्तमान तनावका बाबजुद पनि वार्ताको बाटो खुला छ ।
युक्रेन युद्धको बारेमा जापानको आफ्नै चिन्ता छ । रुसको आक्रमण र ताइवानले चीनमाथि गरेको आक्रमणलाई अत्यन्तै नराम्रो अवस्थामा तुलना गरिँदै छ र जापान पनि यो अवस्थामा तानिएला भनेर जापान चिन्तित छ ।
अहिले त्यस्तो अवस्था छैन र कहिले पनि यस्तो नहुन सक्छ, तर मङ्गलवार दुवै नेता जहाँ थिए, यसले आफैँमा धेरै कुरा भन्छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी