कहाँ पुग्यो मूलपानी क्रिकेट मैदान निर्माण कार्य ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले निरन्तर सफलताको सिँढी उक्लिरहेको छ । तर, प्रशिक्षणका लागि भरपर्दो खेलमैदान छैन । अहिले क्रिकेट प्रशिक्षण र क्रिकेट प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाहेक अर्को विकल्प छैन ।
तर, पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको शान उच्च राख्न सफल भइरहेको छ । जब–जब नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुन्छ, तब–तब राज्यको तर्फबाट पुरस्कारको घोषणा गरिन्छ ।
पुरस्कारले नै नेपाली खेलाडीको हौसला बढ्ने सोच सायद राज्यको हुन्छ । खेलाडीहरूलाई भने एक अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आवश्यक छ भन्ने राज्यले कहिल्यै ठान्दैन ।
नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्माण गर्न लागेको एक रंगशाला हो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान । तर, उक्त क्रिकेट मैदान हालसम्म निर्माण कार्य सकिएको छैन ।
मूलपानी क्रिकेट मैदान बनाउन अझै एक अर्ब ४० करोडको बजेट आवश्यक रहेको राखेपले अनुमान गरेको छ । मूलपानी क्रिकेट मैदान बनाउन २०७१ सालमै प्रेस मुन्न एण्ड आर्चा जेवी कम्पनीले टेन्डर पाएको थियो ।
उक्त कम्पनीले पहिलो टेन्डरमा प्यारापिट राख्ने र मैदान सम्याउनेसम्म कार्य गरेको थियो । २०७२ वैशाखको भूकम्प तथा जग्गा मुआब्जामा ढिलाई भएको भन्दै केही समय थप्न कम्पनीले माग गरेको थियो ।
अहिले मूलपानी क्रिकेट मैदानको जग्गा विवादको कुरा साम्य भइसकेको छ । २०७५ सालमा जग्गा मुआब्जा विवाद मिलपछि नयाँ कम्पनी ड्रागोन कालिका जेभीले पर्खाल लगाउने र मुख्य गेट बनाउने जिम्मा लिएको थियो । राखेपले चार करोड ८० लाखमा ठेक्का दिएकोमा २०७५ असार मसान्तसम्म सक्नुपर्ने भएपनि काम सुस्त गतिमा रह्यो ।
त्यस्तै, राखेपले २०७७ मङ्सिरमा २७ करोडको टेन्डर आह्वान गरेको थियो । एक वर्षसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने गरी ठेक्का लिएपनि कम्पनीले कोरोनाको कारण देखाउँदै २०८० असार मसान्तसम्म उक्त रकम बराबरको निर्माण कार्य सक्ने बताएको छ ।
‘अब आउने असार मसान्तसम्म उक्त निर्माण कार्य थप बजेटका साथ सक्ने जमर्काेमा छौँ,’ सदस्य–सचिव टंकलाल घिसिङले भने, ‘सरकारले पनि रंगशाला निर्माणको कार्य प्राथमिकताका राखेकाले रंगशाला चाँडै निर्माण हुनेमा आशावादी छु ।’ उनले सरकारसँग रंगशाला निर्माणका लागि करिब एक अर्ब ४० करोड रुपैयाँ माग्ने योजना बनाइरहेको जानकारी दिए । तर सरकारले आगामी आर्थिक वर्षमा कति बजेट छुट्याउँछ हेर्न बाँकी छ ।
२०७१ सालबाट निर्माण कार्य थालिएको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गौरवको आयोजनामा पर्दछ । सरकारले पटक–पटक बजेट सार्वजनिक गर्दा पनि रंगशाला निर्माणको कार्य सहजै सकिएको छैन ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट