उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु
बुधबार, ०८ चैत २०७९, ०६ : ४४

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु गर्दैछ ।
आयोगले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।
यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैँलाइयोः नेपाली प्रहरी
-
रास्वपा गणतन्त्रवादी हो, यसमा शङ्का नगरियोस् : सन्तोष परियार
-
धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति
-
राजतन्त्र फर्काउन खोज्नु भनेको मशानघाटबाट मुर्दा व्यूँताए जस्तै होः अर्थमन्त्री पौडेल
-
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई