स्ववियु निर्वाचनबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो ।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विगतको दिनमा उत्पन्न भएका घटनाहरूलाई आ आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनहरूलाई छलफलमा आउन आग्रह गरेको हो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियू, नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि ताला लगाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका छन् । अनेरास्ववियुलाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनको राजीनामा माग गरेका हुन् ।
त्रिविका उपकुलपति र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत १२ गते अगावै निर्वाचन गराउन निर्देशन दिएका छन् । क्याम्पसमा देखिएका समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गरेर निर्वाचन गराउन भनिएको हो ।
निर्वाचनका क्रममा उत्पन्न असमझदारीका कारण भएको तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक तथा शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने