१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् । नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा पनि कांग्रेसकै रहेको बताएका हुन् ।
मंगलबार काठमाडौँ आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको जिकिर गरे । उनले भने, ‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट अब हुनु हुँदैन । यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपले लिएको छ । त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ । उहाँहरूको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन् । त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ । यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ । यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ ।’
नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गरे । उनले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा