‘रोयल इन्फिल्ड’ले थाल्यो आक्रामक बजारीकरण, शोरुम संख्या ३ गुणाले बढाउँदै

काठमाडौँ । रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौँ उपत्यकामा एकैसाथ २ वटा शोरुम सञ्चालनमा ल्याएको छ । त्रिवेणी ग्रुप अन्तर्गत रहेको अटोमोटिभले नारायणचौर नक्साल र कोटेश्वरको बालकुमारीमा शोरुम सञ्चालनमा ल्याएको हो ।
रोयल इनफिल्ड मोटरसाइकल शोरुम वाइकर्स होमको अवधारणामा निर्माण गरिएको छ । शोरुमबाट बाइक, राइडिंग गियर जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीको मुख्य उद्देश्य ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको बताइएको छ ।
रोयल इनफिल्ड विश्वको सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ । अटोमोटिभले आफ्नो एवं डिलर समेत गरी कम्पनी मापदण्डका हाल ६ वटा शोरुम सञ्चालन गरिरहेको छ । यसबाहेक चैत महिना भित्र थप ४ वटा र असार महिनाभित्र थप ८ वटा शोरुम सञ्चालनमा ल्याउने योजना अटोमोटिभको छ ।
यससँगै, देशभर रोयल इन्फिल्डको कूल १८ वटा शोरुम हुनेछ । यसअघि, रोयल इन्फिल्ड अर्कै ग्रुपले बिक्री वितरण गरिरहेको थियो । त्रिवेणी ग्रुपले रोयल इन्फिल्डको आधिकारिक बिक्रेताको जिम्मेवारी लिएपछि आक्रामक बजारीकरण सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
-
उपयुक्त समयमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री ओली
-
गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
-
बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङदेनको चेतावनी
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि