जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरुलाई एमालेको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताएका हुन् ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैत्रको २० देखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।
त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो ।
उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताए । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य