हेम–सरिता फाउन्डेसनले एक लाख राशिको कविता प्रतियोगिता गर्ने
काठमाडौँ । ‘विश्व कविता दिवस’को अवसर पारेर हेम–सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले एक लाख राशिको ‘भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’को आह्वान गरेको छ ।
‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ,’ फाउन्डेसनले एक विज्ञप्तिमार्फत भनेको छ, ‘कविताको विषय सन्दर्भ : भ्रष्टाचारविरुद्ध चेतना जगाउने खालको हुनुपर्नेछ ।’
सो प्रतियोगितामा भाग लिनलाई निम्न मापदण्ड तोकेको छ–
–आफ्नै कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा टाइप गरी इमेलमार्फत पठाउनुपर्नेछ,
–कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ,
–कुनै पनि राजनीतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको हुनुहुँदैन ।
–एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ, एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछ ।
–कविता नयाँ र मौलिक हुनुपर्नेछ, साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
–प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सञ्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वतः अस्वीकृत गरिनेछ ।
–प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।
–प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
–कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ ।
–पुरस्कार : नगद, एक लाख (प्रमाणपत्रसहित) हुनेछ ।
पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरी सम्बन्धित कविहरूले आआफ्नो स्वरमा भडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।
यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गरिने हेम सरिता पाठक फाउन्डेसनका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै प्रतियोगीले यसअगि पनि भ्रष्टाचारविरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला