सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नैनसिंह महर
मङ्गलबार, ०७ चैत २०७९, १४ : ५९
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दश दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए।
उनले भने, ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन । सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’
उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु