अखिल भारत नेपाली एकता मञ्च लुधियानाको भेला सम्पन्न
मङ्गलबार, ०७ चैत २०७९, १४ : २२
![अखिल भारत नेपाली एकता मञ्च लुधियानाको भेला सम्पन्न](https://npcdn.ratopati.com/media/news/336211938_881560342927256_2534847771225731271_n_XU2LP4Fs6S.jpg)
काठमाडौँ । अखिल भारत नेपाली एकता मञ्च नगर समिति लुधियानाको आयोजनामा नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोल बहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको सहभागिता रहेको थियो । यस्तै विशेष अतिथिमा प्रवास समन्वय समितिका सचिव टी.बी. पाठक र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिका सदस्यहरू कृष्ण प्रसाद भट्टराई, मोनिका बराल र विष्णु पोखरेल रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भारतस्थित प्रवासी नेपाली जनसमुदायको समस्या र समधानको बारेमा पार्टी गम्भीर रहेको बताए ।
कार्यक्रममा कृष्ण भट्टराईले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागी सबैलाई स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला