छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन
बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अवसरमा आज तिलोत्तमामा प्रदर्शन गरेको छ । समाजले तिलोत्तमा नगरपालिका–३ योगिकुटी चोकमा प्ले कार्डसहित आधा घण्टा प्रदर्शन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने रणनीतिमा नगरपालिका लागेको बताए । त्यस्तै विनोद पहाडीले अझै पनि जातीय विभेद तथा छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए । शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले छुवाछुतको कानुनमा हटेका वर्षे भए पनि अझै समाजमा छुवाछुत रहेकोले रोक्नु सबैको दायित्व रहेको बताए ।
समाजका सभापति खिमप्रसाद भट्टराई अध्यक्षताका भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष विनोद परियार लगायत बोलेका थिए प्रदर्शनमा अधिकारकर्मी,अभियन्ता ,सरोकारवाला तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु