हास्यव्यङ्ग्य अप्ठेरो विधा हो – गाम्नागे
_D9CjsNxE1v.jpg)
काठमाडौँ । सिस्नु पानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्य अप्ठेरो विधा भएको बताएका छन् । संसारमा रुने धेरै विधा भए पनि हाँस्ने विधा थोरै भएको उनको भनाई छ ।
सोमबार सकिएको छैटौँ निफमा समापन अगाडि ‘हास्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस भयो । जसमा गाम्नागेले ब्याङ्ग्यका विषयमा विभिन्न धारणा समेत राखेका थिए ।
‘संसारमा दुखका कुरा धेरै छन् । रुने कुरा धेरै छन् । तर हाँस्ने कुरा कम छन् । त्यस कारण यो हास्यव्यङ्ग्य अप्ठेरो विधा हो’ उनले भने ‘हाम्रा नेताहरूले जति धेरै खराब कुरा गर्छन्, त्यति नै हास्यव्यङ्ग्यको खुराक बन्छन् ।’ पीरमर्कामा नपारी हास्यव्यङ्ग्य गर्न सजिलो नभएको उनको भनाई रहेको थियो ।
कार्यक्रममा समालोचक डा. बिन्दु शर्माले हास्यव्यङ्ग्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गर्ने गरेको गुनासो गरिन् । ‘महिलाले निर्देशन गरे पनि महिलाको आत्मसम्मान बढाउने काम भएको छैन’ उनले भनिन् । फिल्ममा महिलाले पनि पुरुष सत्ता र पितृ सत्ताको मानसिकता त्याग्न नसकेको उनको धारणा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह