महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पौडेल विजयी

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका जसवन्त पौडेल निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका रोहित यादव (विकास) पराजित गरेका हुन् । पाैडेलले १६८९ मत ल्याउँदा यादवले ७८४ मत पाए । यस्तै अनेरास्ववियु एमालेका नविन पहाडी (पाेखरेल)ले ५९२ मत मात्र पाए ।
यहाँ २०६५ मा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास सभापति भएका थिए । १४ वर्षपछि भएको निर्वाचनमा नेविसंघले बाजी मारेको छ । सचिवको अनेरास्ववियु एमालेका सनिम ठकुरीले ९३९ मत ल्याएर विजयी भए ।
उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका पूजा विश्वासले ७८६ मत पाए । कोषाध्यक्षमा भने नेविसंघकी स्वस्तिक बोहरा ११४१ मत पाएर निर्वाचित भएका छ । सदस्यमा नेविसंघका ३ र अनेरास्ववियु एमालेबाट २ जना निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पसमा ३ हजार १ सयबढी मतदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी