एनआरएनएको पहलमा मलेसियामा ५६ नेपाली काममा फर्किए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियामा समस्यामा परेका ५६ नेपाली काममा फर्किएका छन् । मलेसियाको एडिके कम्पनीले खान र बस्न समेत नदिएको भन्दै उनीहरूले गुनासो गरेका थिए ।
त्यसपछि एनआरएनए एसिया प्रशान्त उपसंयोजक (डीआरसी) हरि भट्टराईलगायतको पहलमा भएको छलफलका क्रममा विमानस्थल कार्गोमा कामको लागि पुगेका ती ५६ नेपाली कामदारहरू काममा फर्कने वातावरण बनेको हो ।
समस्या समाधान गर्न नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधव भण्डारी तथा कम्पनीबीच संयुक्त छलफल भएको थियो । कामदार समस्यामा परेपछि मेनपावरका संञ्चालक भण्डारी मलेसिया पुगेका थिए ।
कम्पनीले बेसिक १५ सय रिंगेट दिने र शुक्रबारदेखि काम सुरु गर्ने गरी सहमति भएको बताइएको छ । डीआरसी भट्टराईले मलेसियामा समस्या परेमा नेपाली राजदूतावास र एनआरएनए साथमा रहेकाको भन्दै सहयोग गर्न सदैव तत्पर रहेको बताए ।
उनले कोरोनाको महामारीमा गैरआवासीय नेपाली संघले मलेसियाको कुना कुनामा रहेका नेपालीहरुको समस्यामा साथ दिएको समेत स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी