महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको प्रारम्भिक अग्रता
_gPfWcU2C6a.jpg)
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ । हालसम्म प्रकाशित मत परिणाममा समानुपातिक र प्रत्यक्षतर्फ नै काँग्रेस निकट नेविसंघले अग्रता लिएको छ ।
समानुपातिक तर्फ नेविसंघको ६१२ मत हुँदा एमाले निकट अनेरास्ववियुको ३६३ र माओवादी निकट अखिल क्रान्तिकारीको ३०७ मत भएको छ । यस्तै समाजवादी विद्यार्थी युनियनको ७१, अनेरास्ववियूको ७४, विद्यार्थी जनमत संघको ६० र लोकतान्त्रिक विद्यार्थी संघको २० मत आएको छ । हालसम्म समानुपातिक तर्फ १ हजार ५०७ मत गणना भएको छ । उक्त क्याम्पसमा ३ हजार १ सय बढीले मतदान गरेका छन् ।
यस्तै प्रत्यक्षतर्फ सभापतिका उम्मेदवार नेविसंघका जसवन्त पौडेलले १७४ मत ल्याएर अग्रस्थान कायम गरेका छन् । अखिल क्रान्तिकारीका रोहित यादव (विकास) ८६ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने एमाले निकट अनेरास्ववियुका नवीन पहाडी (पोखरेल) ६३ मतका साथ तेस्रो स्थानमा छन् ।
सचिवको उम्मेदवारमा अनेरास्ववियुका सनिम ठकुरीले १०३, अखिल क्रान्तिकारीकी आशिका लम्सालले ५४, अनेरास्ववियूका निर्मल भण्डारीले ५४, नेविसंघकी पूजा विश्वासले ६५, लोकतान्त्रिक विद्यार्थी संघका पेशल यादवले ३० र विद्यार्थी जनमत संघका सरोज साहुले ११ मत ल्याएका छन् ।
कोषाध्यक्षमा भने नेपाल विद्यार्थी संघका स्वस्तिक बोहराले १३१, अनेरास्ववियुका आरोग्य थापाले ८१, समाजवादी विद्यार्थी युनियनका राकेश कुमार यादवले ८०, अनेरास्ववियूका रोहित गौतमले १४ र विद्यार्थी जनमत संघकी अनिशा कुमारी मोचीले १५ मत पाएका छन् । मतगणना जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ