भारतीय प्रधानमन्त्री र जापानी समकक्षीको भेटवार्ता, जी–७ बैठकलाई निम्तो

नयाँ दिल्ली । दुई दिने भ्रमणमा भारत आएका जापानका प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा किशिदाले मोदीलाई जी–७ बैठकलाई निम्तो दिएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय प्रधानमन्त्रीले निम्तोका लागि आफ्ना जापानी समकक्षीलाई धन्यवाद दिएका थिए । मोदीले भने, ‘आज जापानका प्रधानमन्त्री फुमियो किशिदाले मलाई जी–७ समिटका लागि निम्तो दिनुभयो, जुन मे महिनामा हिरोशीमामा हुनेछ । म यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
किशिदाले प्रधानमन्त्री मोदीले आफ्नो निम्तो तुरुन्त स्वीकार गरेको जानकारी दिए । उनले फ्रि एन्ड ओपन प्यासिफिक (एफओआईपी) को नयाँ योजना घोषणा गर्ने जानकारी दिए । उनले भने, ‘हाम्रो बलियो सहयोगी रहेको भारतको धर्तीमा एफओआईपीको नयाँ योजना सार्वजनिक गर्न पाउँदा म निकै खुसी छु ।’
दुई नेताबीच अन्तर्राष्ट्रिय समुदायको समस्या र जी–७ र जी–२० बीच साझेदारी बढाउने विषयमा छलफल भएको बताइएको छ । त्यस्तै, पर्यटन, कार्बन उत्सर्जन घटाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत