अमरेशको व्यङ्ग्य : बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाऔँ !

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले उपप्रधानमन्त्री बन्न नेताहरूको दौडधुप चलेको भन्दै बरु २४ सै जना मन्त्रीलाई उपप्रधानमन्त्री बनाउने व्यवस्था गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई समर्थन दिने जानकारी दिँदै उनले भने, ‘म प्रधानमन्त्रीसँग आग्रह गर्न चाहन्छु । कि तपाईँलाई राजनीतिक सुधारको आकांक्षा छ कि छैन ? मिडियामा पनि आइरहेको छ–जम्मा आठ जना उपप्रधानमन्त्रीका दाबेदार छन् ।’
उनले उपप्रधानमन्त्रीको झुन्ड बनाएर मात्रै राजनीतिक स्थिरता नहुने बताए । ६ महिनापछि पुन सरकार फेरिने स्मेल आएको भन्दै उनले भने, ‘के उपप्रधानमन्त्रीको झुन्ड भएर मात्र राजनीतिक स्थिरता हुने हो ? उपप्रधानमन्त्री किन चाहियो, इन्डियामा त एउटा पनि उपप्रधानमन्त्री छैन । के त्यहाँ स्थायित्व छैन ?’ उपप्रधानमन्त्रीको झुन्ड नबनाउन भन्दै उनले थपे, ‘बरु २४ जनालाई नै उपप्रधानमन्त्री बनाइदिऊ ।’ सिंहले भ्रष्टाचार मुलुकको समस्या भएको भन्दै यसलाई नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने बताए । दलीय भागवण्डाको नियुक्ति खारेज नगरेसम्म देश नसुध्रने भन्दै भ्रष्टाचार र लुटतन्त्रका कारण जनतामा निराशा छाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल