सरकारसँग न्यायबाहेक केही खोजेका छैनौं : सांसद चौधरी
सोमबार, ०६ चैत २०७९, १६ : ३२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सांसद चौधरीले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै आफूहरूले सरकारसँग न्यायबाहेक केही नखोजेको बताए ।
‘सत्तापक्षमा बस्दा नयाँ अनुभूतिको महसुस भएको छ’, चौधरीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता जनाउँदै सबैलाई मत दिएको सरकारसँग न्याय मात्र खोजेको बताए ।
‘टिकापुरका राजबन्दी रेशम चौधरीलगायतबारे सरकारले आश्वासन बाहेक केही दिएन, त्यसैले प्रधानमन्त्रीलाई स्मरण गराउन चाहन्छु लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै रेशम चौधरी लगायतलाई रिहा गरियोस्’, चौधरीले पुरानै माग दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्षोल्लासका साथ मनाइँदै ईद–उल–फित्र, तस्बिरहरू
-
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो
-
यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य
-
टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
-
आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा