तनहुँ १ र बारा २ को उपनिर्वाचन : यस्तो छ निर्वाचन कार्यक्रम

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते हुने तय भएको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
उक्त उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ ।
आयोगले गत फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) बमोजिमको मतदाता नामावलीको आधारमा दुई जिल्लाको उपनिर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
फेन्सी सामानसहित भन्सार छलीको गाडी नियन्त्रण
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
-
नेकपा बहुमतद्वारा तीनकुनेमा सरकार र राजावादीको अमानवीय व्यवहारको निन्दा