इराक र इरानबीच सुरक्षा सम्झौता

तेहरान । इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो ।
इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सो सम्झौता भएको हो ।
इरानका उच्च सुरक्षा परिषदका सचिव सामखानी इराकको भ्रमणमा रहेको र यसैक्रममा आइतबार इराकको राजधानी बग्दादमा सो सम्झौता भएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।
त्यस सम्झौतासम्बन्धी समारोहमा इराकका प्रधानमन्त्री मोहम्मद सियाज अद सुदानीको पनि उपस्थिति रहेको थियो । सो सम्झौता अनुसार यी दुवै देशले सुरक्षाका विषयमा आपसी सहयोग र समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ ।
यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सो सम्झौतामा उल्लेख गरिएको छ ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न तथा आतंकवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरुबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी