शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबको जेलबाट नेपाली युवाको चित्कार : मलाई नेपाल फर्काई देउ

बिहीबार, १७ फागुन २०७४, २० : ००
बिहीबार, १७ फागुन २०७४

युएई । बिगत ५ महिना देखि साउदी अरबको अफिफ जेलमा रहेका गोरखा भीमसेन गाँउपालिका–७,बोर्लाङ सातबिसेका कुमार रानामगरले आफूलाई नेपाल फर्काउन सबैमा अपिल गरेका छन् ।

डेढ वर्षअघि उनले चलाएको सबारी साधन दुर्घटनामा परी साउदी नागरिक खलिद विन फाहद बिन सदर घाईते भएपछी उनलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना लगतै ४ दिन प्रहरी हिरासद बसेपछि कम्पनीको रहोबरमा उनलाई पुनः काममा फर्काएईको थियो। तर यता घाईते साउदी नागरिक खलिद विन फाहद बिन सदरले साउदी अदालतमा क्षतिपुर्तीसहित मुद्दा दायर गरेपछि उनलाई झनै संकट आईलाग्यो ।

बिना लाईसन र सबारी साधनको कुनै पनि कागजपत्र नभएकोले साउदी अदालतले उनलाई दोषी ठहयाई घाइतेको क्षतिपुर्ति बापत २ लाख ९४ हजार साउदी रियल (करिब ८० लाख नेपाली रूपैयाँ) तिर्नु पर्नै फैसला गरेपछि उनी माथी झनै अर्को ठूलो बज्रपात पर्यो ।

रोजगारीको लागि  ६ बर्ष पहिले द गोर्खाज् म्यानपावरबाट साउदी अरब आएका ४० बर्षिय रानामगर अफिफ स्थित खालिद सुल्तान अल हाजित कम्पनीमा काम गर्थे । 

घटना पश्चात साउदी अदालतले क्षतिपुर्ती बापत तोकिएको रकम तिर्न नसक्दा उनी जेल परेका हुन् ।

उनले जेलबाट सबैको सहयोगको लागी याचना गरेका छन् । साउदीस्थित नेपाली दताबास साउदी र काम गरेको कम्पनी कसैले पनि सहयोग नगरेको उनी बताउँछन् । उनीहरूले रिहाईको लागी आश्वासन मात्र दिने गरेको तर काम नगरेको भिडियो मार्फत बताएका छन् ।

उक्त सार्बजनिक गरिएको भिडियोमा उनले नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पनि उद्दार गर्न अनुरोध गरेका छन् ।

उनी भन्छन्, ‘दुई चार पैसा कमाई केहि गरौँला अनि आफ्नो परिवारको लागि भनेर सपना बुनेको थिए । तर साउदीको जेलमा यसरी फँसेको छु । मलाई सहयोग गर्नुस् ।

रानामगरका बाबु–आमा, श्रीमतीसहित २ छोरी, एक छोरा गोरखामा बस्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप