ओलीलाई देवेन्द्रको जवाफ : संसद विघटनलाई बहादुरी गरेँ भनेर बोल्नुभयो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए ।
यसअघि संसदमा केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो भन्दै भाषण गरेपछि पौडेलले त्यसको खण्डन गरेका हुन् । ‘कांग्रेस पहिलो पार्टी हो भन्ने धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दलले पहिलो दललाई समेत सहमतिमा लिएर अघि बढौं भन्दा प्रधानमन्त्रीज्यूले राखेको कुरा कहाँ गलत गलत थियो ?’ पौडेलले भने, ‘हामी इतिहासको कठघरा जवाफ दिन तयार छौं । भविष्यका चुनौतीलाई पार लगाउन सहमति खोजिन्छ । सहमतिमा विगतका गल्तीको पुनरावृत्ति गरेर हुँदैन । इतिहासको सम्मान गर्ने हो । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’
विगतमा २२ पटक संसद विघटन भएको विषयलाई पश्चाताप नगर्नु गलत भएको पौडेलले बताए । ‘कसका कारणले संसद विघटन भयो ? संविधानको कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ उनले भने, ‘त्यो सर्वोच्च अदालतले करेक्सन गर्यो । गल्ती भयो भनेर सच्यायो । माननीयज्यूहरु संसदमा आएर बोल्नुहुन्छ मैले बहादुरी गरे । पहिलेकै गल्तीलाई सदर गर्न यो संसदबाट निर्वाचित भएर आएको हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'