प्रहरी महानिरीक्षक सिंह यसै साता अवकाशमा जाँदै, नयाँ आईजीपी हुन प्रतिस्पर्धा

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । नेपाल प्रहरीको २९ औँ आईजीपी सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । मन्त्रिपरिषद्ले उनको पद लम्ब्याउने बारे कुनै निर्णय नगरेमा उनी चैत ११ मा सेवा निवृत्त हुन्छन् ।
सिंह सँगै उनका ब्याचमेट ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डीआईजी र दुईजना एसएसपी पनि अवकाशमा जाँदैछन् । एआईजीहरू सहकुलबहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी यसै साता अवकाशमा जान लागेका हुन् । चैत ११ बाट डीआईजीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमा शंकर पञ्जियार र जनकराज पाण्डे पनि सँगै सेवा निवृत हुन्छन् ।
आईजीपी सिंहको अवकाशसँगै आईजीपी हुन तीव्र प्रतिस्पर्धा सुरु भएको छ । चैत ११ मा आईजीपी नियुक्त हुने अधिकृतहरूलाई मन्त्रिपरिषद्ले सोमबार मात्रै अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
एआईजी भएको ५ दिनमै आईजीपी
सोमबार बढुवा भएका ५ जना एआईजीहरू प्रहरी महानिरीक्षकको दाबेदार हुन् । वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य मध्ये एकजना चैत ११ सम्ममा आईजीपी नियुक्त हुनेछन् ।
एआईजीमा बढुवा भएको ५ दिनमै सरकारले उनीहरू मध्ये एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ । ३० औँ महानिरिक्षक बन्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडी वसन्त कुँवर छन् । मेरिट लिस्टको एक नम्बरमा भएको हुनाले मन्त्रिपरिषद्ले उनलाई नै महानिरीक्षक नियुक्त गर्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।
प्रहरी महानिरीक्षक बन्ने दौडमा श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि छन् । बज्राचार्यलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेमा नेपाल प्रहरीमा पहिलो महिला आईजीपीको इतिहाँस निर्माण हुन्छ । वर्तमान ईजीपी सिंहले आफ्नो करिब १० महिना २१ दिनको कार्यकाल पुरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध