नारायणी रगंशालालाई व्यवस्थित बनाउन आरिफको आग्रह
बारा । विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमका वीरगञ्जका खेलाडी आरिफ शेखले वीरगञ्जस्थित नारायणी रगंशालालाई व्यवस्थित बनाउन महानगरसँग अनुरोध गरेका छन् ।आइतबार सिमरा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आरिफले वीरगञ्ज महानगरले व्यवस्थित स्टेडियम बनाउन सके आफूजस्तै धेरै क्रिकेट खेलाडी उत्पादन गर्न सकिने बताए ।
वीरगञ्ज महानगरले विश्वकप छनोटमा परेका पर्साका खेलाडीद्वय दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई सम्मान स्वरूप करिब ३ लाख मूल्य पर्ने यामाहा कम्पनीको एफजी मोटरसाइकल एक–एक थान प्रदान गर्ने निर्णय गरेको छ ।
आरिफले महानगरले खेलाडीहरूलाई सम्मान गरेर सबै खेल प्रेमीहरूलाई प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । ‘मेयरज्यूसँग म आग्रह गर्न चाहन्छु नारायणी रंगशालालाई व्यवस्थित बनाएर त्यहाँ फेरि पनि क्रिकेट खेल सुरु गर्न सकौँ । यसले आउने जेनेरेसनलाई पनि प्रोत्साहन मिल्नेछ । पर्सा जिल्लाबाट धेरै क्रिकेट खेलाडी उत्पादन गर्न सक्छौँ,’ खेलाडी आरिफले भने, ‘क्रिकेट खेलका लागि प्रदेश सरकारहरूले पनि हरेक प्रदेशमा एउटा–एउटा व्यवस्थित स्टेडियम बनाइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ ।’
गत विहिवार (चैत २ गते) भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललेअन्तिम खेलमा युएईमाथि जित रच्दै सन् २०२३ को एक दिवसीय विश्वकप छनोटमा परेको थियो।
अर्का खेलाडी आसिफ शेखले तराईतिर क्रिकेटको वातावरण राम्रो भएकाले सरकारले यसमा ध्यान दिन सके अझ धेरै खेलाडी उत्पादन गर्न सकिने जिकिर गरे । ‘अस्तिको जितबाट हामीलाई ठुलो हौसला मिलेको छ अब नेपालमा क्रिकेट खेलेर सजिलै बाँच्न सकिन्छ भन्ने देखिएको छ,’ खेलाडी आसिफले भने ‘मधेस प्रदेश समथर ठाउँ भएकोले यहाँ टन्नै क्रिकेट मैदानहरू बनाउन सक्छौ, म सरकारसँग अनुरोध गर्न चाहन्छु खेलाडीहरूका लागि खेल मैदानको अभाव छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’