वीरगन्जलाई अझै पाइडल रिक्सा कै भर
_ZJJEgnVyvb.jpg)
वीरगन्ज । कुनैबेला देशका अधिकांश सहरमा छ्याप्छ्याप्ती देखिने तीन पाङ्ग्रे पाइडल रिक्सा अहिले विस्थापित हुने सँघारमा पुगेको छ । रोजगारीको अभावका बीच नगद कमाइको सहज माध्यम बनेको यो रिक्सा चलाउन पहिले ठुलै संख्यामा मानिस सहर आएर बस्थे र रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाउँथे । तर, पछिल्लो समय विद्युतीय रिक्साले पाइडल रिक्सालाई विस्थापित गर्दै आएको छ । वीरगञ्ज एउटा त्यस्तो सहर हो जहाँ अहिले पनि पाइडल रिक्साकै क्रेज छ । छोटो दुरीमा दुई जनासम्म यात्रा गर्न अहिले पनि यही रिक्सा प्रयोग हुने गरेको छ ।
सर्लाही, बयलबासका राजनारायण भगत विगत २८ वर्षदेखि वीरगन्जमा पाइडल रिक्सा चलाएर आफ्नो र परिवारको गुजारा चलाइरहेका छन् । बजारमा विद्युतीय रिक्सा उपलब्ध भए पनि पहिलादेखि आफूले पाइडल रिक्सा नै चलाउँदै आएकोले यसमै रमाइलो लागिरहेको उनी बताउँछन् ।
बिहान ६ बजेदेखि राति करिब १० बजेसम्म रिक्सा चलाउने गरेको उनको भनाइ छ । कमाइका हिसाबले विद्युतीय रिक्सा र पाइडल रिक्सामा खासै भिन्नता नरहेको उनले बताए । उनले भने, ‘फरक यति छ कि उनीहरु (विद्युतीय रिक्सा चालक)लाई मेहनत अलि कम पर्छ र हामीलाई बढी ।’ व्यापारिक केन्द्र रहेको वीरगन्जमा व्यापार व्यवसाय गर्नेहरु तथा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति हुन्छ । उनले भने, ‘सामान ओसारपसार पनि धेरै हुन्छ यहाँ । विद्युतीय रिक्साले रोडमै सामान झारिदिन्छ । तर हामीले ५ तलामाथिसम्म बोकेरै सामान लगिदिने गरेको हुँदा पाइडल रिक्साप्रतिको आकर्षण कम भएको छैन ।’
विदेशी पर्यटकहरुको रोजाईमा पनि पाइडल रिक्सा नै पर्ने गरेको उनले बताए । भारतको बिहार घर भइ करिब दुई दशकदेखि वीरगन्जमा रिक्सा चलाउँदै आएका जित साहको अनुभव पनि भगतकै जस्तो छ । उनी भन्छन्, ‘पाइडल रिक्सा गल्लीगल्लीमा पुग्छ, अरु रिक्सा सबै ठाउँमा जाँदैन । त्यसैले अटो रिक्सा आए पनि पाइडल रिक्साको भविष्यमा कुनै असर परेको छैन ।’
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठले पनि सबै ठाउँमा विद्युतीय रिक्सा नजाने भएकाले पाइडल रिक्सा वीरगन्जबाट विस्थापित नभएको बताए । उनले भने, ‘कतिलाई त एक्लै जानुपर्ने हुन्छ । तर, इलेक्ट्रिक रिक्सालाई ४÷५ जना नै चाहिन्छ । इलेक्ट्रिक रिक्सालाई घरमा बोलाउँदा आउँदैन । पाइडल रिक्सा घरमै आइपुग्छ । त्यस हिसाबले पनि सर्वसाधारणको रोजाइमा पाइडल रिक्सा पर्ने गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
-
कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने
-
त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
-
हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो
-
परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता