सुदूरपश्चिम प्रदेशमा अखिलको बर्चश्व, ३४ क्याम्पसमध्ये १६ मा विजयी
सोमबार, ०६ चैत २०७९, १० : १५

धनगढी। नेकपा एमाले निकट अखिलले सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ । आइतवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अखिलले १६ क्याम्पसमा जीत हासिल गर्दै बर्चश्व कायम गरेकाे हाे ।
अखिलका महासचिव नरेश रोकायाका अनुसार सुदुरपश्चिममा अखिलले १६, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो । उनका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त